drchitraa

Amount:

सर्वप्रथम पत्रकार तथा साहित्यकार विजय पोखरेल (बीके पाल्पाली) को शिघ्र स्वास्थ्य लाभको कामना गरौं । नेपाली भाषा साहित्यमा दुई दशक लामो यात्रा, एक दर्जन भन्दा बढी किताब लेख्न र नेपाली पत्रकारितामा पनि एक दशकदेखि कलम चलाइरहनु भएको छ निरंतर । तर, आर्थिक अवस्था कमजोर भएका बीके पाल्पाली विगत लामो समयदेखि ओछ्यानमा लडेका छन्, दुबै मृगौला काम नगरेपछि ।

नेपाल र नेपाल जस्तो देशको एउटा पत्रकार तथा साहित्यकारले त्यति बेला आफुलाई धिकार्दो रहेछ । जति बेला रोगले निमोठि रहंदा पनि उपचार गर्न खर्च हुंदैन । त्यसपछि उनी देशको परिस्थितिलाई पनि धिकार्दो रहेछ र आफ्नै रोगलाई पनि धिकार्दो रहेछ । यस्तो भोगाइका बिच नेपालका एक पत्रकार तथा साहित्यकारको जोडीलाई देखेपछि झन यस्तो हुन्छ कि जटिल जटिल रोग त समाजमा असल असल मानिसलाई मात्र लाग्छ कि जस्तो । जसले यो देशको निष्ठाको पत्रकारितामा कलम चलायो । परिश्रम पोख्यो र साहित्यमा हाइकू लेखेर देशको इतिहास र सिद्धान्त लेखे । अनि कविता र निबन्ध लेखेर समाज परिवर्तनको रेखाहरु कोरिरह्यो । उही व्यक्ति आज ओछ्यानमा ढलेको छ । उठ्नका लागि औषत खर्च चाहिएको छ । तर, उनीसंग आज पैसा छैन । आफ्नै उपचार गर्नका लागि आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसंग अपिल गरिहेका छन् मृत्युको शैयाबाट कि मलाई बच्चाइ दिनुस्, मलाई बच्चाई दिनुस् ।

के हामी कमाएको रकमबाट थोरै दान गरेर उहांलाई सहयोग गर्न सक्दैनौं र ? हाम्रो यो सानो प्रयाशमा उहांको जीवन रक्षा हुन्छ भन्ने हामी किन सहयोग नगर्ने ? एक थुकी सुकी, सय थुकी नदी, भन्ने झै हामी सबैले उहांको सहयोगमा हातेमालो गर्न अनुरोध गरौं न । तमाम सहयोगी मनहरु, आऊ हामी हातमा हात मिलाएर एक आपसमा साथ दिऔं । एक नेपाली छोराको जीवन रक्षाका लागि ।

अन्यमा, तपाईंहरुको सानो सहयोग, सकारात्मक सोच र सहयोगी मनहरुले सांच्चै पत्रकार तथा साहित्यकार बीके पाल्पालीलाई नयां जीवन दिन सक्छ । प्रतिज्ञा गर्नुहोस् । धन्यवाद ।

List of donaters

Name- Gross- Total(USD)

  • CanadaNepal $100
  • Chali Khanal $23.97 USD
  • Prakash Sapkota $14.26 USD
  • Amrit Poudyal  $14.26 USD
  •  Vishma Pathak  $9.31 USD
  • Hari Sapkota $9.31 USD

Donate Program@CanadaNepal 2011